← समाचारमा फर्कनुस्
युकी आङदेम्बेले चीनको जेसीके फाइट नाइट–१२३ मा जित

नेपाली मिश्रित मार्सल आर्ट्स (एमएमए) खेलाड़ी युकी आङदेम्बेले चीनको जेसीके फाइट नाइट–१२३ मा जित हात पारेका छन्। चीनको शान्सी प्रान्तको लुलियाङमा भएको बान्टमवेट प्रतिस्पर्धामा उनले घरेलु खेलाड़ी बुहुओगुबुलाई पराजित गरेका हुन् ।
तीन राउन्डको खेलमा आङदेम्बेले तीनवटै राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाले। खेलको सुरुआतदेखि नै उनले बुहुओगुबु माथि दबाब कायम राखेका थिए । यो जितसँगै आङदेम्बेको व्यावसायिक एमएमए करियरमा जित सङ्ख्या नौ पुगेको छ। उनले हालसम्म तीन खेलमा मात्र हार व्यहोरेका छन् ।
आङदेम्बे अहिले लगातार तेस्रो जित दर्ता गर्दै यूएफसी दाबेदारका रूपमा हेरिएका नेपाली फाइटरमध्ये एक हुन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |