← समाचारमा फर्कनुस्
Top Headlines Nov 03, 2026 · Swadesh

पोखरामाथि लुम्बिनीको सजिलो जित

पोखरामाथि लुम्बिनीको सजिलो जित

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको मंगलबार भएको खेलमा पोखरा एभेन्जर्समाथि सहज आठ विकेटको जित निकालेको छ । यो नतिजापछि डिफेन्डिङ च्याम्पियनको तीन खेलबाट पाँच अंक भएको छ र अहिलेसम्म अपराजित रहेको छ ।

यो जितसँगै लुम्बिनी अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । पोखराको भने यो लगातार तेस्रो हार हो र यससँगको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ । कीर्तिपुरको टीयू मैदानमा पहिले ब्याटिङ गर्दै नौ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

यसमा चामिका करुनारत्नेको २५ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो । जवाफमा लुम्बिनीले ११.४ ओभरमा दुई विकेट मात्र गुमाएर ९८ रन बनायो । कप्तान रोहित पौडेलले नटआउट रहेर ४७ रन बनाए । उनले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →