कार्ल र लाइमरको गोलमा बायर्नको स्पेनमा महत्वपूर्ण जित

युईएफए च्याम्पियन्स लिगको लिग चरण चौथो खेलमा बायर्न म्युनिखले एट्लेटिको म्याड्रिडलाई उसैको मैदानमा २-० ले पराजित गरेको छ। रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा भएको यस खेलमा बायर्नले दोस्रो हाफमा दुई गोल गर्दै एट्लेटिकोको नौ खेलको अपराजित यात्रा समाप्त पारेको छ।
पहिलो हाफमा दुवै टोलीले आक्रमणको प्रयास गरे पनि गोल हुन सकेन। एट्लेटिकोका जुलियन अल्भारेजले सुरुमै केही अवसर पाए पनि लक्ष्य भेट्टाउन सकेनन्। बायर्नले बल नियन्त्रणमा अग्रता लिए पनि पहिलो हाफमा कुनै पनि टोलीले खाता खोल्न सकेन।
दोस्रो हाफ सुरु भएपछि बायर्नले आक्रमण तीव्र बनायो। ५४औं मिनेटमा एट्लेटिकोका डिफेन्डर ले नोर्मान्डले बल क्लियर गर्न ढिलाइ गर्दा लेनार्ट कार्लले मौका छोपेर बललाई गोलकिपर ओब्लाकको टाउको माथिबाट जालमा पुर्याए र बायर्नलाई अग्रता दिलाए।
७४औं मिनेटमा ह्यारी केनले उत्कृष्ट पासमार्फत कोन्राड लाइमरलाई पेनाल्टी क्षेत्रभित्र खाली ठाउँमा फेला पारे, र लाइमरले कडा प्रहार गर्दै स्कोर २-० बनाए र खेलको नतिजा निर्धारित गरे। त्यसपछि बायर्नका दायोट उपामेकानोले टाढाबाट प्रहार गर्दा बल क्रसबारमा लाग्यो, तर तेस्रो गोल हुन सकेन।
यो जितपछि बायर्नले च्याम्पियन्स लिगमा अपराजित रहँदै ८ अंक जोडेको छ। एट्लेटिकोका लागि भने यो युरोपेली प्रतियोगितामा अर्को झट्का हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |