यामल र राफिन्हाको गोलमा च्याम्पियन्स लिगमा बार्साको शानदार जित

युईएफए च्याम्पियन्स लिगको लिग चरण अन्तर्गत बार्सिलोनाले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ। घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफदेखि नै दबदबा कायम राख्दै एस्टन भिल्लाको अपराजित यात्रालाई पूर्णविराम लगाएको हो।
खेलको सातौं मिनेटमै लामिन यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। एस्टन भिल्लाका गोमेसको गल्तीको फाइदा उठाउँदै यामलले १२ यार्डबाट गोल गरेका थिए। पहिलो हाफमा एस्टन भिल्लाले केही राम्रा अवसर पाए पनि गोलमा परिणत गर्न सकेन।
दोस्रो हाफमा बार्सिलोनाले आफ्नो पकड अझै कसिलो बनायो। ५२औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता दोब्बर बनाए। ६४औं मिनेटमा उनै राफिन्हाले क्यान्सेलोको क्रसमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। यो जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा आफ्नो दाबेदारी प्रबल बनाएको छ।
खेलपछि एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरीले नतिजा राम्रो नभए पनि टोलीको प्रयासको प्रशंसा गरे। उनले भने, "नतिजा राम्रो छैन, धेरै सकारात्मक कुराहरू थिए तर राम्रो नतिजाका लागि पर्याप्त थिएन। हामीले गल्ती गर्यौं र त्यसपछि पनि अवसरहरू सिर्जना गर्यौं। यदि पहिलो हाफमा एक गोल गर्न सक्थ्यौं भने खेल फरक हुन सक्थ्यो।"
यो हारसँगै एस्टन भिल्लाको यस सिजनको च्याम्पियन्स लिगमा अपराजित यात्रा अन्त्य भएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |