← समाचारमा फर्कनुस्
Football Nov 04, 2026 · Swadesh

युनाइटेडसँगै ठूला क्लब सबै विजयी

युनाइटेडसँगै ठूला क्लब सबै विजयी

युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग सबै ठूला क्लब मंगलबार विजयी रहे । एक अर्को पीडादायी हारतर्फ अग्रसर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट मंगलबार युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको हो ।

यसले समस्यामा रहेका प्रशिक्षक माइकलको युनाइटेड बसाई लम्बिन सक्नेछ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा अंक तालिकाको शीर्षमा रह्यो र यसका लागि फ्रान्सेली च्याम्पियनले भिल्लारियलमाथि ६–० को जित हात पारेको हो ।

पीएसजको चार खेलबाट १२ अंक भएको छ । ओल्ड ट्राफोर्डमा म्याथिस सोल र डोनयेल मालेनको गोलमा रोमाले दुई गोलको अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट पहिलो गोल फर्काएयता म्याथस कुन्हाले तीन मिनेटको अन्तरमा दुई गोल गरे ।

पछि उनले रातो कार्ड खाए र युनाइटेड दस खेलाडीमा सीमित रह्यो । पीएसजी लागि भने फाबिन रुइजले दुई गोल गरे । बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले पन्छायाउँदा त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलानले फायनउड र बार्सिलोनाले एस्टन भिल्लालाई समान ३–० ले हरायो ।

स्पेनी च्याम्पियनका लागि राफिन्हाले दुई र लामिन यामलले एक गोल गरे । अन्य खेलमा गालातासारेले स्टुटगार्टलाई २–०, स्पोर्टिङ लिस्वनले साख्तर डोनेस्कलाई १–० र एलएएसकेले स्लोभान ब्राटिस्लाभलाई ४–० ले पराजित गर्‍यो भने बोडो/गिल्मट र लिलले भने गोलरहित बराबरीमा चित्त बुझाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →