जनकपुरमाथि विराटनगर अन्तिम बलमा विजयी

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा मंगलबार जनकपुर बोल्ट्सलाई दुई रनले हराएको छ । विराटगरको यो लगातार दोस्रो जित हो र उसको चार अंक भएको छ ।
सनसनीपूर्ण खेलमा विराटनगर अन्तिम बलमा विजयी रहेको हो । जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको जनकपुरले जवाफमा जनकपुरले सात विकेटमा १ सय ७२ रन मात्र बनाउन सक्यो ।
त्यसमा सइफ हसनले ४८ बलमा सर्वाधिक ७१ रन बनाए । उनी नै आउट हुने अन्तिम ब्याटर रहे र आफ्नो टिमलाई जित दिलाउन असफल रहे । यस्तै विशाल सुशलिङले ३० बलमा ४३ रन बनाए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले तीन विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । त्यसमा तीन अर्धशतक सामेल थियो । ओपनर लोकेश बमले ५०, इमरान सेखले ५६ र आन्द्रे रसेलले ५२ रन बनाए ।
एनपीएल इतिहासमै एकै इनिङ्समा तीन अर्धशतक बनेको यो नै पहिलो पटक हो । जनकपुर चार अंकमै रह्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |