← समाचारमा फर्कनुस्
Top Headlines Nov 02, 2026 · Swadesh

सुदूरपश्चिम फेरि जितको बाटोमा

सुदूरपश्चिम फेरि जितको बाटोमा

सुदूरपश्चिम रोयल्सले सोमबार चितवन राइनाजेलाई पाँच विकेटले पराजित गरेको छ र यससँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन फेरि जितको बाटोमा फर्केको छ । विराटनगर किंग्सविरुद्धको विवादास्पद खेलमा पराजित सुदूरपश्चिमले यस सिजनको आफ्नो चौथो खेलमा संघर्षपूर्ण दोस्रो जित आत्मसात् गरेको हो ।

कीर्तिपुरको टीयूको क्रिकेट मैदानमा जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।  

त्यसमा ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए । उनको ब्याटबाट छ चौका र दुई छक्का निस्केको थियो । यस्तै इशान पाण्डेले २९ बलमा २५ रन थपे ।

यो जितपछि सुदूरपश्चिमको चार अंक भएको छ । चितवन भने तीन खेलबाट तीनै अंकमा सीमित रह्यो । चितवनले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय २९ रन बनाएको थियो ।

यसमा रवि बोपाराले ४० रन बनाए र यसमा तीन चौका तथा दुई छक्का सामेल थियो । यसैक्रममा उनले टी–२० क्रिकेटमा आफ्नो दश हजार रन पनि पूरा गरेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →