← समाचारमा फर्कनुस्
Top Headlines Nov 02, 2026 · Swadesh

कर्णालीमाथि प्रभुत्व राख्दै काठमान्डुको उत्कृष्ट जित

कर्णालीमाथि प्रभुत्व राख्दै काठमान्डुको उत्कृष्ट जित

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको सोमबारको खेलमा कर्णाली याक्समाथि उत्कृष्ट चार विकेटको जित निकालेको छ । प्रतियोगितामै कर्णालीले अहिलेसम्म काठमान्डुलाई हराउन सकेको छैन् ।

यो सिजन काठमान्डुको यो पहिलो जित हो । कर्णालीले भने लगातार दुई खेल जितेपछि पहिलो हार बेहोरको छ । जितका लागि १ सय ८१ रन पछ्याएको काठमान्डुले छ विकेट गुमाएर १९.४ ओभरमा विजयी बनाएको हो ।  

काठमान्डुको जितका प्रमुख नायक रहे, रसिद खान । उनले ३३ बलमा ५० रन बनाए । रसिदले तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै करण केसीले २० बलमा ४४ रन जोडे ।

काठमान्डुले टस जितेपछि कर्णालीले पहिले ब्याटिङ गरेको थियो र यसक्रममा छ विकेट गुमााएर १ सय ८० रन बनाएको थियो । उसका लागि ओपनर अरिफुल २२ बलमा ४४ रन बनाए र यो नै सर्वाधिक ठूलो स्कोर रह्यो ।

उनले पाँच चौका र तीन छकका प्रहार गरे । यस्तै हुसेन तलतले ३० बलमा ४० रन बनाए । पवन सर्राफले नटआउट रहेर ३० रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →