← समाचारमा फर्कनुस्
Football Jun 12, 2024 · Swadesh

विश्वकप छनोट : अतिरिक्त समयमा सम्हालिन नसक्दा बराबरीमा रोकियो नेपाल

विश्वकप छनोट : अतिरिक्त समयमा सम्हालिन नसक्दा बराबरीमा रोकियो नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा यमनसँग बराबरी खेलेको छ।

समूह “एच” मा रहेको नेपालले साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकाएको हो।

नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले गोल गरे। 

खेलमा १–० गोलले पछि परेको नेपालले २–१  काे अग्रता बनाएकाे थियाे तर उक्त अग्रता अन्तिम समयसम्म जाेगाउन सकेन। 

खेलको नौँ मिनेटमा यमनका लागि नासेर मोहम्मदहले पेनाल्टीमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, २२औँ मिनेटमा सञ्जिव विष्टले गोल गोल गरेपछि नेपाल १–१ को बराबरी अबस्थामा फर्कियो।

दोस्रो हाफमा ६६औँ मिनेटमा जिलेस्पी जंग कार्की गोल गर्दै खेल २१ को अग्रता दिलाए तर अतिरिक्त समयको पहिलो मिनेटमा मोहम्मदह अलदही गोल गर्दै खे २–२ को बराबरी अबस्थामा ल्याए।

यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको नेपालले दोस्रो लेगमा भने बराबरी गरेको हो। याेसँगै नेपालले समूह “एच”  एक अंक जोड्दै विश्वकप छनोटको यात्रा सकाएको छ। यमनको पाँच अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →