← समाचारमा फर्कनुस्
Football Jul 10, 2024 · Swadesh

युरोकपमा गोल गर्ने यमल कान्छो खेलाडी

युरोकपमा गोल गर्ने यमल कान्छो खेलाडी

काठमाडौं । लामिन यमल युरोकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

गएराति सम्पन्न युरोकप २०२४ को पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्दै यमलले यस प्रतियोगिताको इतिहसमै गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन्।

खेलको २१औं मिनेटमा १६ वर्षीय यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काएका थिए।

त्यसअघि खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

यमल १६ वर्ष ३६२ दिनका छन्। यसअघि सन् २००४ को युरोकपमा स्विट्जरल्यान्डका जोहान भोनलन्थेन १८ वर्ष १४१ दिनको उमेरमा फ्रान्सविरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए।

यमलले गोल गरेको चार मिनेटपछि डानी ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुँदा स्पेन विजयी हुँदै फाइनलमा पुग्यो।

स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →