← समाचारमा फर्कनुस्
Football Jul 15, 2024 · Swadesh

यमल उत्कृष्ट युवा खेलाडी

यमल उत्कृष्ट युवा खेलाडी

काठमाडौं । १७ बर्षीय स्पेनका विंगर लामिन यमलले युरो कप २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।

सोमबार बिहान सम्पन्न फाइनलमा इङ्ल्यान्डलाई २-१ ले हराउँदा निको विलियम्सको पहिलो गोलमा उनले असिस्ट दिएका थिए।

'यो सबैभन्दा राम्रो (जन्मदिन) उपहार हो, जुन मैले माग्न सक्थें। यो सपना साकार भएको जस्तो छ,' यमलले भने। इङ्ल्यान्डका लागि वैकल्पिक खेलाडी कोल पाल्मरले बराबरी गोल फर्काए पनि ८६औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई जित दिलाए।

यमलले ४७औं मिनेटमा एथलेटिक बिल्बाओका विंगर विलियम्सलाई गोलका लागि डी बक्स बाहिरबाट बल उपलब्ध गराइदिएका थिए। इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले यमलका दुई उत्कृष्ट प्रहार बचाउ गरेका थिए।

यमल युरो कपमा भाग लिने सबैभन्दा कान्छो खेलाडी, प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छो र फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए।

यमल बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्। उनी स्पेनिस लिगमा पनि सबैभन्दा कम उमेरका गोलकर्ता हुन्। उनले आफ्नो पहिलो युरोमा चार असिस्ट र एक गोल गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →