TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 25, 2026 · Swadesh

यमप्रसाद गुरुङ यु–२० महिला टोलीको मुख्य प्रशिक्षक

यमप्रसाद गुरुङ यु–२० महिला टोलीको मुख्य प्रशिक्षक

काठमाडौं। नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ नियुक्त भएका छन्।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान युथ महिला टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। उक्त मैत्रीपूर्ण खेल जनवरी ३१ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने तय गरिएको छ।


यसअघि पनि गुरुङकै प्रशिक्षणमा नेपाली महिला टोलीले बंगलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो। सो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।


गुरुङको प्रशिक्षण टोलीमा सहायक प्रशिक्षकका रूपमा सन्देशकुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जीव जोशी तथा टोली व्यवस्थापकका रूपमा दीपा क्षेत्री रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →