← समाचारमा फर्कनुस्
Cricket Oct 23, 2024 · Swadesh

विश्वकपको एसिया छनोटको लागि १४ सदस्यीय टोलीको घोषणा

विश्वकपको एसिया छनोटको लागि १४ सदस्यीय टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।


छनोट प्रतियोगिता कार्तिक १९ देखि कार्तिक २९ सम्म युएईमा हुदैछ । प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाईल्याण्डको सहभागीता रहनेछ ।


नेपालले पहिलो खेल कार्त्तिक २१ गते थाईल्यान्डसॅंग खेल्नेछ भने दोस्रो खेलमा कार्त्तिक २२ गते कुवेतसॅंग खेल्नेछ । तेस्रो खेल कार्त्तिक २४ गते युएई सॅंग खेल्ने छ भने  चौथो खेलमा कार्त्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।


कुवेतसॅंग पांचौं खेलमा कार्त्तिक २७ गते खेल्ने छ भने ‌ अन्तिम खेल कार्तिक २८ मा युएईसॅंग रहेको छ । 

यस छनोटमा शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । 


नेपाली टोली

सोनी पाख्रिन, मनिशा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →