विश्वकप ग्लोबल क्वालिफायर्सका लागि नेपाली महिला क्रिकेट टोली घोषणा

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप २०२६ (इङ्ल्यान्ड तथा वेल्स) का लागि हुने ग्लोबल क्वालिफायर्स खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ।
घोषित टोलीको कप्तानमा इन्दु बर्मा चयन भएकी छन् भने पूजा महतो उपकप्तानको जिम्मेवारीमा रहेकी छन्। टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन गरिएको क्यानले जनाएको छ।
टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय समावेश छन्।
आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि हुने ग्लोबल क्वालिफायर्स आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुनेछ। प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
घरेलु मैदानमै हुने प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |