नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने

काठमाडौं। आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।
काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छनाेटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउनेछ।
विश्वकप सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्ल्यान्ड र वेल्समा हुनेछ।
छनोट प्रतियोगितामा बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः स्थान पाएका छन्। एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपालले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिकाले छनोटमा स्थान बनाएको छ।
अहिले बाँकी रहेका ५ स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी छन्।
नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि उत्कृष्ट ६ टोलीले सुपर सिक्स चरण खेल्नेछन् र अन्तिममा फाइनल खेलमार्फत शीर्ष ४ टोली छनोट गरिनेछन्। प्रतियोगिताको पूर्ण तालिका चाँडै सार्वजनिक गरिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ।
यता, महिला टी–२० विश्वकप २०२६ को कार्यक्रम भने पहिले नै सार्वजनिक भइसकेको छ। सो प्रतियोगिता २४ दिनसम्म ७ मैदानहरूमा खेलिनेछ, जसमा ओल्ड ट्राफोर्ड, हेडिङ्ले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्डजस्ता स्टेडियम समावेश छन्। फाइनल खेल विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |