← समाचारमा फर्कनुस्
Football Aug 31, 2024 · Swadesh

महिला लिग आइतबारदेखि

महिला लिग आइतबारदेखि

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोज हुने एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ। 

एन्फाले शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

प्रतियोगितामा १० टिमले सहभागीता लिँदै छन्। सहभागी टिमहरूमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोसी प्रदेश, सुदूरपश्चिम प्रदेश, र कर्णाली प्रदेश रहेका छन्।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार लिगको उद्घाटन खेल आइतबार दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ। प्रतियोगितामा कुल ६९ खेलहरू खेलिनेछ।

लिग विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई एक लाख, ‘फेयर प्ले टिम’लाई एक लाख ५० हजार, र उत्कृष्ट गोलकिपर तथा उच्च गोलकर्तालाई समान ५०÷५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ।

प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →