विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आइसिसी यु-१९ महिला टी२० विश्वकपका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाली टोलीको बिदाइ गरेको हो।
प्रतियोगिताका लागि नेपाली टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ।
महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन्। विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ।
१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन्।
नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। यसैगरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्नेछ।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका सचिव पारस खड्का, उपाध्यक्ष रोशन सिंह, सदस्यहरु, महिला सिनियर टोलीकी कप्तान इन्दु बर्मालगायतको उपस्थिति थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |