← समाचारमा फर्कनुस्
Football Jul 17, 2024 · Swadesh

महिला लिगका लागि ९ करोड रुपैयाँ विनियोजन

महिला लिगका लागि ९ करोड रुपैयाँ विनियोजन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी राष्ट्रिय महिला लिगको तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बसेको भर्चुअल बैठकले महिला लिगको तीन संस्करणः सन् २०२४, २०२५ र २०२६ का लागि कूल ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गरेको हो।

एन्फाले महिला लिग २०२४ का लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट विनियोजन गर्दा महिला लिग २०२५ छनोटका लागि ८१ लाख ७३ हजार ५७१ रुपैयाँ, महिला लिग २०२५ का लागि २ करोड ५२ लाख ७२ लाख ७ लाख ९५ रुपैयाँ, महिला लिग २०२६ छनोटका लागि ९१ लाख ९३ हजार २१४ रुपैयाँ र महिला लिग २०२६ का लागि २ करोड ५६ लाख ५५ हजार २९५ रुपैयाँ छुट्याएको हो।

यसैगरी विगत दुई वर्ष देखि रोकिएको महिला लिगको नयाँ संस्करण भदौदेखि सुरु हुनेछ। 

प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ। तीन विभागिय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब रहेका छन् भने संकटा, बागमती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमले छनोट चरण पार गरेर मुख्य प्रतियोगितामा स्थान बनाएका थिए।

पंकजविक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय पारित गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →