← समाचारमा फर्कनुस्
महिला लिग : कोशीको सानदार सुरुआत

काठमाडौं । एन्फा महिला लिगमा कोशी प्रदेशले सानदार जितसँगै सुखद् सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा कोशीले स्याङ्जाको वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको हो।
जितसँगै कोशीले तीन अंक जोडेको छ। कोशीको जितमा समीक्षा मगरले दुई गोल गरिन्। यस्तै, सन्जुमाया तामाङले एक गोल गर्दा वालिङकी यमकुमार विकले एक गोल उपहार दिएकी थिइन्।
१०औं मिनेटमै सन्जुको गोलमार्फत कोशीले सुरुआती अग्रता बनाएको थियो। दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमै समीक्षाले अग्रता दोब्बर बनाइन्। त्यसको आठ मिनेटपछि उनले व्यक्तित दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्।
६९औं मिनेटमा बल बचाउने क्रममा यमकुमारीले आफ्नै पोस्टको जाली चुमाउँदा वालिङ फराकिलो हार बेहोर्न बाध्य भयो।
सोमबार सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |