← समाचारमा फर्कनुस्
महिला लिग : कोशी प्रदेश र वालिङ भिड्दै

काठमाडौं । एन्फा महिला लिगको उद्घाटन खेलमा आइतबार कोशी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका भिड्दैछन्।
अखिल नेपाल फुटबल संघ(एन्फा) काे अनुसार यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा निशुल्क प्रवेश दिने भएको छ। लिगमा कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। तीन विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, दुई स्थानीय निकाय वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम र कर्णाली प्रदेशले चुनौती प्रस्तुत गर्नेछन्।
छनोटचरणमा शीर्ष तीनमा रहॅंदै कोशी, सुदूरपश्चिम र कर्णाली एन्फा लिगमा स्थान बनाएका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |