महिला टि–२० विश्वकपमा पाकिस्तान विजयी

काठमाडौं । महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ।
युएईको शारजाहमा पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो।
पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन बनाउँदै टोलीलाई लडनयोग्य स्कोरसम्म पुर्याइन्। निदा दारले २३ तथा ओमाइमा सोहेलले १८ रन बनाइन्।
श्रीलंकाका उदेशिका प्रभोधनी, सुगन्दिका कुमारी र कप्तान चमारी अथापथ्थुले समान ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए। तर, पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई लक्ष्यसम्म पुग्न दिएनन्।
श्रीलंकाको ब्याटिङमा चमारी अथापथ्थुको प्रदर्शन उल्लेखनीय रह्यो। उनले बलिङमा ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्न मद्दत गरे तापनि ब्याटिङमा मात्र २२ रनको योगदान दिँदै आउट भइन्।
यसैगरी विष्मी गुणरत्नेले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन्। पाकिस्तानका ओमैमा सोहेलले सानदार बलिङ गर्दै ३ विकेट लिइन् भने साना र इकÞबालले पनि समान २–२ विकेट लिए।
यो जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध लगातार चार खेलमा हार बेहोरेको शृंखला तोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |