← समाचारमा फर्कनुस्
मलेसिया जाने क्रिकेट टिमको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने मलेसियन सुपर वुमन र टी-२० सिरिज खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ।
क्यानले शनिबार नेपाली क्रिकेट टिमक खेलाडीहरुले फरक फरक पाँच टिमबाट सेप्टेम्बर २४ देखि ३० सम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्ने जानकारी दिएको हो।
त्यस्तै नेपाली महिला टिमले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टिमसँग ५ वटा टी-२० सिरिज खेल्नेसमेत कार्यक्रम रहेको छ।
क्यानले मलेसिया टूरलाई नेपालको विश्वकपको ग्लोबल क्वालिफायरको तयारी स्वरूप लिएको जनाएको छ।
मलेसिया जाने नेपाली महिला टिम:
कप्तान इन्दु बर्मा, उपकप्तान पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीताराना मगर
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |