← समाचारमा फर्कनुस्
पोर्ट भेलमाथि उल्भ्सको सजिलो जित

नयाँ प्रशिक्षक सिजर पेइक्सातोको नेतृत्वमा उल्भ्सले शनिबार लिगकपमा विजयी सुरुआत गरेको छ । इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेर च्याम्पियनसिप लिगमा झरेको उल्भ्सले पोर्ट भेललाई ३–० ले हराएको हो ।
खेलका सबै गोल पहिलो हाफमा भए र ती एडम आम्सट्रङ, आन्द्रे र फेर लोपेजको नाममा रहे । लिग टुको पोर्ट भेलका लागि उल्भ्स बलियो प्रतिद्वन्द्वी सावित भयो र खासै केही गर्न सकेन् । उल्भ्ससामु यसपल्ट फेरि प्रिमियर लिगमा उक्लने चुनौती हुनेछ ।
लिग कपको पहिलो चरणका अन्य खेलमा स्टेभेन्जले वेकम्पलाई २–१ र मिडल्सब्रोले रेक्सह्यामलाई १–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |