← समाचारमा फर्कनुस्
बर्नमाउथको लगातार सातौं जित

बर्नमाउथले बिहीबार सबै प्रतियोगितामा गरेर लगातार सातौं जित निकालेको छ र यो क्लब इतिहासमैे अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ । उसले युरोपा लिगमा बिहीबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा दस खेलाडीमा सीमित स्पार्टा प्रागलाई ३–१ ले हराएको हो ।
एक गोलले पछाडि उत्कृष्ट पुर्नआगमन रच्ने क्रममा इभानिलसन र रायनले गरेको गोल निर्णायक रह्यो । स्पार्टकले इब्राहिम सिंघटेहको गोलले अग्रता लिएको थियो । टेलर एडम्सले बर्नमाउथका लागि बराबरी गोल फर्काए । बर्नमाउथको यो जितपछि चार खेलबाट १२ अंक भएको छ ।
लगातार सबै खेल जित्नेमा बेनफिका र फेरेन्कभारोस पनि रहेका छन् । बेनफिकाले भने लेच पोजनानलाई ३–१ ले हरायो । फेरेन्कभारोसले भने मिलानलाई २–० ले हराएको हो । रुबेन एमोरिमको लय गमाएको एसी मिलान भने पछिल्ला चार खेलमध्ये तेस्रोमा पराजित रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |