← समाचारमा फर्कनुस्
रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २००३ मा डेब्यु गरेयता रोनाल्डोले २ सय ३४ पल्ट पोर्चुगलका लागि खेले र यस क्रममा १ सय ४६ गोल गर्न सफल रहे ।
नेसन्स लिगको डेनमार्कविरुद्धको खेलमा आफूलाई नखेलाएपछि रोनाल्डोले पोर्चुगाली टिम नै छाडेका थिए । त्यसलाई उनलाई कारवाही पनि गरिएको थियो ।
रोनाल्डोले इन्स्ट्राग्राममा भनेका छन्, ‘पोर्चुगाली सबैलाई भन्न चाहन्छु, अबदेखि सात नम्बर जर्सि अरूलाई नै हस्तान्तरण गर्न चाहन्छुं । मेरो लागि यो पोर्चुगाली जर्सि लगाउनु गर्व र जिम्मेवारी दुवैको उपलब्धी हो ।’
उनले थपेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु सजिलो निर्णय थिएन् । जति बेला मैले पोर्चुगलका लागि खेल्ने मौका पाएं, त्यहींबाट मेरो जीवन सधैंका लागि फेरियो ।’
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |