← समाचारमा फर्कनुस्
विश्वकप छनोट खेल्दै वेष्ट इन्डिज

काठमाडौ- दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजले भारतमा हुने वान डे विश्वकपका लागि सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।
वेष्ट इन्डिज आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्रसहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएको हो।
वेष्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्सले पनि विश्वकप छनोट खेल्नेछन्।
लिग टु को शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा स्थान बनाएका स्कटल्याण्ड, ओमान र नेपालले यी टिमविरुद्ध खेल्नेछन्।
विश्वकप छनोटका खेलहरु आगामी जुन-जुलाईमा जिम्बावेमा हुनेछ । विश्वकप छनोटमा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोली मात्र आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |