← समाचारमा फर्कनुस्
Cricket Mar 29, 2023 · Nepalsports

दक्षिण अफ्रिकाविरूद्धको टी-२० सिरिज वेष्टइन्डिजलाई

दक्षिण अफ्रिकाविरूद्धको टी-२० सिरिज वेष्टइन्डिजलाई

काठमाडौ-दक्षिण अफ्रिकाविरूद्धको अन्तर्राष्ट्रिय टी-२० सिरिज वेष्टइन्डिजले जितेको छ।

 तेस्रो तथा निर्णायक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले परादित गर्दै वेष्टइन्डिजले तीन खेलको शृंखला २-१ ले जितेको हो।

वेष्टइन्डिजले दिएको २२१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन मात्र बनाउन सक्यो।

उसका लागि ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ८३ रन बनाए। त्यस्तै राइली रोसोउले ४२ रन बनाए। वेष्टइन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ५ विकेट लिदा जोसन होल्डरले एक विकेट लिए।

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा  २२० रन बनाएको थियो।

उसका लागी निकोलस पुरनले ४१ र रोमारियो सेफर्डले ४४ रन बनाए। दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगिसानी एनगिडी, अनरिख नार्खिएले समान २-२ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →