← समाचारमा फर्कनुस्
Cricket Jun 03, 2024 · Swadesh

पीएनजीमाथि वेस्ट इन्डिजको जित

पीएनजीमाथि वेस्ट इन्डिजको जित

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै आइसीसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।

वेस्ट इन्डिजले गुयनामा भएको सम्पन्न खेलमा पीएनजीमाथि ५ विकेटको जित हात पारेको छ।

पीएनजीले दिएको १३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

वेस्ट इन्डिजको जितमा रोस्टन चेसले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक अविजित ४२ रन बनाए। ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौकाको सहयोगमा ३४ रन बनाए । निकोलस पुरनले २७ बलमा २७ तथा आन्द्रे रसलले ९ बलमा अविजित १५ रन बनाए।

पपुवा न्यु गिनीका लागि कप्तान असद भालाले दुई तथा अलि नो र जान कारिकोले समान एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो।

जितसँगै वेस्ट इन्डिज समूह सी को शीर्ष स्थानमा छ।

समूह सी मा पीएनजी र वेस्ट इन्डिजका अलावा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह ए मा क्यानडा, अमेरिकाका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन्।

तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →