अमेरिकाविरुद्ध वेस्ट इन्डिज ९ विकेटले विजयी

काठमाण्डौँ । आईसीसी टी–२० विश्वकपमा सुपर आठको खेलमा अमेरिकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ।
शनिबार बिहान सम्पन्न खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको हो। यो सँगै वेस्ट इन्डिजले दुई अंक जोडेको छ। वेस्ट इन्डिज पहिलो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो।
अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्यो।
वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले। उनले अविजित ८२ रन बनाए। उनले आठ छक्का र चार चौका प्रहार गरे।
अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदा साई होप र जोन्सन चाल्र्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए।
वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले अविजित २७ रनको योगदान गरेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाकाले १९.५ ओभरमा अलआउट हुनुअघि १२८ रन बनाएको हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |