← समाचारमा फर्कनुस्
वेस्ट इन्डिज अझै ९७ रनले पछाडि

फलो–अन गर्न बाध्य वेस्ट इन्डिज भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार ९७ रनले पछाडि रहेको छ । दिनको खेल समाप्त हुँदा पाहुना टिमले दुई विकेट गुमाएर १ सय ७३ रन बनाएको छ ।
वेस्ट इन्डिजका लागि केही उत्कृष्ट प्रदर्शन गर्ने क्रममा साइ होप ६६ र जोन क्याम्बेल ८७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ३८ रनको नटआउट साझेदारी गरिसकेका छन् ।
यसअघि वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा २ सय ४८ रन बनाएर अलआउट भएको थियो । त्यसमा एलिक एथानजेले ४१ र होपले ३६ रन बनाए । दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |