← समाचारमा फर्कनुस्
वेस्ट इन्डिजको मध्यम सुरुआत

वेस्ट इन्डिजले सोमबार पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो दिन ब्याटबाट मध्यम सुरुआत गरेको छ । वर्षाले प्रभावित पहिलो दिनको खेल समाप्त हुँदा वेस्ट इन्डिजले ५ विकेट गुमाएर २ सय ३९ रन बनाएको छ ।
त्यसमा जस्टिन ग्रेभेस ६४ र कप्तान रोस्टन चेज ३६ रन बनाएर खेलिरहेका छन् । उनीहरूले छैटौं विकेटका लागि ६६ रनको साझेदारी गरिसकेका छन् । त्यस अगाडि ओपनर ब्रान्डन किंगले ४६ रन बनाएका थिए ।
पाकिस्तानी बलरमध्ये मोहमद अलिले दुई विकेट लिएका छन् । वर्षाले विथोलिएपछि पूरा दिन ७६ ओभरको खेल मात्र सम्भव भएको थियो । दुई टेस्टको शृंखलामा वेस्ट इन्डिज १–० ले अगाडि रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |