← समाचारमा फर्कनुस्
Cricket Jun 13, 2024 · Swadesh

वेस्ट इन्जिन सुपर आठमा

वेस्ट इन्जिन सुपर आठमा

काठमाडौं । वेस्ट इन्डिज जारी आइसीसी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ। 

विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजील्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो। 

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन मात्र बनाएको थियो।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सान्टनरले अविजित २१ रन बनाएका थिए। त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए। 

यसअघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित  २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।


वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्बाधिक ६८ रन बनाएका थिए। त्यसैगरी न्यूजील्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउथी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए। 


यो जितसँगै वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक सहित समुह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ।


त्यस्तै न्यूजील्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →