← समाचारमा फर्कनुस्
Cricket Jun 24, 2024 · Swadesh

वेस्ट इन्डिजहराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

वेस्ट इन्डिजहराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । वेस्ट इन्डिजमाथि जित हासिल गर्दै दक्षिण अफ्रिका आइसिसी टी२० को सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले डीएलएस पद्धतिमा वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गरेको हो। 

वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पाँच बल बाँकी छदै सात विकेट गुमाएर १२४ रन बनायो।

दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन बनए। २७ बल खेलेका उनले चार चौका प्रहार गरे। हाइनरिक क्लासन २२ र कप्तान एडम मार्क्रम १९ रनमा आउट हुँदा मार्को यानसन २१ रनमा अविजित रहे।

वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक तीन विकेट लिए। आन्द्रे रसेल र अल्जारी जोसेफको नाममा समान एक विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। 

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलबाट ६ अंक जोड्यो। दक्षिण अफ्रिकासँगै इङ्ल्यान्ड पनि सेमिफाइनल पुग्यो। इङ्ल्यान्डले समान खेलमा चार अंक जोड्यो। वेस्ट इन्डिज दुई र अमेरिका अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →