TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Top Headlines Oct 14, 2025 · Swadesh

वेस्ट इन्डिजमाथि भारतको क्लिन स्विप

वेस्ट इन्डिजमाथि भारतको क्लिन स्विप

भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट मंगलबार सात विकेटले जितेको छ । यस जितसँगै दुई टेस्टको सिरिज २–० ले जितेर भारतले क्लिन स्विप पनि गरेको छ । नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भारतले जितका लागि १ सय २१ रनको लक्ष्य पाएको थियो ।


त्यसलाई पाँचौ दिन विहानको सत्रमा थप एक विकेट गुमाएर हात पारेको थियो । खेल समाप्त हुँदा भारत तीन विकेट गुमाएर १ सय २४ रनको स्थितिमा रह्यो र त्यसमा ओपनर केएल राहुल ५८ रन बनाएर नटआउट रहे । आउट हुने एक मात्र ब्याटर साइ सुदर्शनले ३९ रन बनाए ।


भारतले पहिलो इनिङ्समा आठ विकेट गुमाएर ५ सय १८ रन बनाएपछि वेस्ट इन्डिजले जवाफमा २ सय ४८ रन बनाएको थियो । त्यसपछि फलो–अनमा परेको पाहुना टिमले र ३ सय ९० रन बनाएर भारतलाई जितका लागि ब्याटिङमा ओर्लिन बाध्य पारेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →