वेस्ट इन्डिजसँग नेपाल ९ विकेटले पराजित

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ।
पहिलो खेलमा इंल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटलीसँग १० विकेटले पराजित भएको नेपाल आफ्नो तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो ।
वेस्ट इन्डिज लगातार तेस्रो जितसँगै सुपर ८ मा प्रवेश गरेको छ। नेपाल भने लगातार तेस्रो हारसँगै अंकविहीन छ । नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।
उसको लागि सिमरोन हेट्मेयरले ४६ र साई होपले ६१ रनको योगदान गरे। ब्रेन्डोन किङ २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women