← समाचारमा फर्कनुस्
Cricket Jun 18, 2024 · Swadesh

वेस्ट इन्डिज १०४ रनले विजयी

वेस्ट इन्डिज १०४ रनले विजयी

काठमाडौं।  वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। 

मंगलबार बिहान सम्पन्न समूह सी को खेलमा वेस्ट इन्डिज १०४ रनले विजयी भएको हो। 

समूह सी मा अपराजित रहेको वेस्ट इन्डिजले चार खेलमा आठ अंक जोडेर एक खेल अगावै सुपर आठमा पुगिसकेको थियो। अफगानिस्तान समूह उपविजेता रह्यो। उसले चार खेलमा ६ अंक जोड्यो। चार अंक जोडेको न्यूजिल्यान्डसहित युगान्डा र पपुवा न्यू गिनी विश्वकपबाट बाहिरिए।

वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटियो।

अफगानिस्तानका इब्राहिम जाद्रानले सर्वाधिक ३८ रन बनाए। २८ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। अजमातुल्लाह उमरजाई २३, राशिद खान १८ र करिम जानत १४ रनमा आउट भए।

वेस्ट इन्डिजका ओबेद म्याकोइले सर्वाधिक तीन विकेट लिए। अकिल हुसेन र गुडाकेश मोतीले समान दुई विकेट लिँदा आन्द्रे रसेल र अल्जारी जोसेफको नाममा समान एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१८ रन बनाएको थियो।

वेस्ट इन्डिजका निकोलस पुरन शतकबाट दुई रनले चुके। ५३ बल खेलेका उनले ६ चौका र आठ छक्का प्रहार गरे। जोन्सन चार्ल्स ४३, साई होप २५ र कप्तान रोमभ्यान पावेल २६ रनमा आउट भए।

अफगानिस्तानका गुलबदीन नईबले सर्वाधिक दुई विकेट लिएर अजमतउल्लाह ओमरजाई र नवीन उल हकको नाममा समान एक विकेट रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →