← समाचारमा फर्कनुस्
वेस्ट इन्डिजमाथि अस्ट्रेलियाको ह्वाइटवास

साँच्चै वेस्ट इन्डिज क्रिकेट कति धेरै कमजोर रह्यो, यसको एउटा अर्को नमुना अगाडि आएको छ । अस्ट्रेलियाले तीन टेस्टको शृंखलामा वेस्ट इन्डिजलाई सोमबार ३–० ले हराएको छ र ह्वाइटवास गरेको छ ।
तेस्रो टेस्टमा अस्ट्रेलिया १ सय ७६ रनले विजयी रह्यो । कुरा यत्तिकैमा सकिन्न । सबिना पार्कमा भएको त्यही तेस्रो टेस्टको तेस्रो दिन वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा २७ रन मात्र बनाएर अलआउट भयो ।
टेस्ट क्रिकेटमा यो दोस्रो कम स्कोर हो । यसअघि सन् १९५५ मा न्युजिल्यान्ड २६ रनमा अलआउट भएको थियो । घरेलु टिमलाई यति धेरै सस्तोमा समेट्न फास्ट बलर मिचेल स्टार्कले प्रमुख भूमिका खेले ।
उनले नौ रन मात्र खर्चेर छ विकेट लिए । यस्तै स्कट बोलान्डले दुई रनमा तीन विकेट हात पारे । तेस्रो बलर जस हेजउलडले १० रनमा एक विकेट लिए । वेस्ट इन्डिजका सात ब्याटर शून्यकै स्कोरमा रहे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |