← समाचारमा फर्कनुस्
Cricket Oct 11, 2025 · Swadesh

वेस्ट इन्डिज ३ सय ७८ रनले पछाडि

वेस्ट इन्डिज ३ सय ७८ रनले पछाडि

वेस्ट इन्डिज र भारतबीचको दोस्रो टेस्टको दोस्रो दिनको खेल शनिबार समाप्त हुँदा पाहुना टिम अझै ३ सय ७८ रनले पछाडि रहेको  छ । नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ सुरु गर्दै चार विकेटमा १ सय ४० रन बनाएको छ ।


पाहुना टिमका लागि साइ होप ३१ र टेभिन इमलाच १४ रन बनाएर खेलिरहेका छन् । केही सुधारिएको खेल प्रदर्शन गरेको वेस्ट इन्डिजका लागि एलिक एथान्जले सर्वाधिक ४१ रन बनाएका छन् । त्यस अगाडि भारतले पाँच विकेट गुमाएर ५ सय १८ रनमा आफ्नो पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।


त्यसमा कप्तान शुभमन गिलले १ सय २९ रन बनाए । यस्तै नितिश कुमारले ४३ र ध्रुव जुरेलले ४४ रन बनाए । अघिल्लो दिन शतक बनाएर नटआउट रहेका ओपनर यशस्वी जयसवाल लामो समय टिक्न सकेनन् । उनी १ सय ७५ रन बनाएर आउट भए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →