← समाचारमा फर्कनुस्
Football Sep 19, 2024 · Swadesh

वडा २६ टाइब्रेकरमा विजयी

वडा २६ टाइब्रेकरमा विजयी

काठमाडौं । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा र वडा नं १२, वडा नं ५, वडा नं २६ र वडा नं ३२ ले जित हासिल गरेका छन्।

लैनचौर फुटसल मैदानमा बिहिबार भएको पहिलो खेलमा वडा १२ ले वडा २ लाई २–१ ले हरायो। विजयी टिमका लागि दिकेश शाही र मनोज महर्जनले गोल गरे। वडा २ का सुजल रसकले गरेको गोल सान्त्वना मात्र बन्यो। सो खेलमा वडा १२ का राज शाही म्यान अफ दि म्याच घोषित भए।

दोस्रो खेलमा वडा ५ ले वडा १७ लाई ३–० ले सजिलै पराजित गर्यो। राकेश श्रेष्ठ, अखिलेश कार्की र सुजित प्रजापतिको गोलले वडा ५ विजयी भएको हो। सो खेलमा सुजित म्यान अफ दि म्याच भए।

तेस्रो खेलमा वडा २६ ले टाइब्रेकरमा वडा ४ लाई २–१ ले हरायो। निर्धारीत समयको खेल १–१ ले बारबरमिा सकिएपछि पेनाल्टी सुटआउटमा जितहारको निर्णय गरिएको हो। निर्धारीत समयमा वडा ४ का असिम गुरुङ र वडा २६ का प्रशान्त रजकले गोल गरेका थियो। प्रशान्त म्यान अफ दि म्याच पनि चुनिए।

चौथो खेलमा प्रताप शाक्यको गोल निर्णायक बनेपछि वडा ३२ ले वडा १८ लाई १–० ले निराश बनायो। प्रतापले नै म्यान अफ दि म्याचको पुरस्कार पाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →