TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jan 28, 2026 · Swadesh

वानखडेको इतिहाससँग आत्मसात् हुँदै नेपाल

वानखडेको इतिहाससँग आत्मसात् हुँदै नेपाल

अबको ट्वान्टी ट्वान्टी विश्वकपका क्रममा नेपाल विश्व क्रिकेट इतिहासको एउटा त्यस्तो अध्यायसँग जोडिनेछ, जसको अनुभव गर्दा पनि गर्व महसुस हुनेछ । यो प्रसंग हो, मुम्बईको वानखडे क्रिकेट स्टेडियमबारे । नेपालले विश्वकपमा जति पनि खेल खेल्नेछ, ती सबै यही ऐतिहासिक मैदानमा हुनेछ । यस्तोमा यो आइकोनिक क्रिकेट मैदानबारे थाहा नपाएर बस्नु कसरी ठीक हुन्छ र ?


मुम्बईको मेरिन ड्राइभको छेउमै रहेको यस रंगशालामा अरेबियन महासागरको हावा मस्त अनुभव गर्न सकिन्छ । खासमा यो कुनै आम क्रिकेट मैदान होइन्, यो समग्रमा भारतीय क्रिकेटकै इतिहासको एक भाग हो । सन् १९७४ मा यसका निर्माण भएको हो र यसको नाम जुरेको हो, सेसराव वानखडेको नामबाट । उनी मुम्बई क्रिकेट संघका पूर्व अध्यक्ष थिए ।


यो रगशाला निर्माणको सुरुआती एउटै कारण थियो, मुम्बईको टिमले ढंगले पहिलो श्रेणीको क्रिकेट खेल्न सकोस । यसको निर्माण के एकपल्ट सकियो, यसले भारतीय क्रिकेटसँग जोडिएका अनेक उपलब्धी आफ्नै आँखाले देख्न पाएको छ । भर्खरै मात्र भन्दा हुन्छ, यसले आफ्नो स्थापनाको ५० वर्ष मनाएको । यसक्रममा यस मैदानमा धेरै ठूला महत्त्वका खेल भएका छन् ।


त्यसमध्ये सबैभन्दा पहिले मनमा आउने खेल हो, सन् २०११ को अप्रिल २ मा भएको वान डे विश्वकपको फाइनल । भारतले श्रीलंकालाई हराएर यो विश्वकप जितेको थियो । भारतले वान डे विश्वकप जितेको यो २८ वर्षयता पहिलो पटक थियो । अनि यो त्यही मैदान हो, जहाँ सचिन तेन्दुलकरले आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । अनि यो त्यही मैदान हो, जहाँ उनले आफ्नो खेल जीवन सुरु गरेको थियो भन्दा हुन्छ ।

 

त्यही सन् २०११ को विश्वकपका लागि यो रंगशालाको पुर्ननिर्माण पनि गरिएको थियो । अहिले यो मुम्बई इन्डियन्सको घरेलु मैदान हो, त्यसैले यहाँ इन्डियन प्रिमियर लिग (आईपीएल) का पनि धेरै खेल भएका छन् । यस क्रममा अधिकांस समय रंगशाला भरिभराउ भएको पाइन्छ । यति धेरै इतिहास बोकेको रंगशालामै नेपालले साँच्चै अबको ट्वान्टी ट्वान्टी विश्वकप खेल्दैछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →