← समाचारमा फर्कनुस्
Football Sep 05, 2024 · Swadesh

एन्फा महिला लिगमा वालिङको पहिलो जित

एन्फा महिला लिगमा वालिङको पहिलो जित

काठमाडौँ । एन्फा महिला लिगमा वालिङ नगरपालिकाले पहिलो जित हासिल गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्लेक्समा बिहिवार भएको  खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले कर्णली प्रदेश महिला फुटबल टिमलाई ४–० गोलले पराजित गरेको हो। 

वालिङको जितमा ज्याकलाइन नसालीले ह्याट्रिक पूरा गर्दा सुक्रिया मियाको नाममा एक गोल रह्यो। 

जितसँगै वालिङले दुई खेलबाट तीन अंक जोडेको छ। पराजित कर्णलीको भने एक अंक रहेको छ।

खेलको १०औँ र ४१औँ मिनेटमा नसालीले गोल गर्दै वालिङलाई पहिलो हाफमै २–० अग्रता दिलाएकी थिइन्। ७३औँ मिनेटमा पुन नसालीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा वालिङलाई ३–० को अग्रता दिलाइन्। 

त्यसपछि ८९औँ मिनेटमा मियाले गोल गर्दै वालिङलाई ४–० जित दिलाइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →