TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 27, 2026 · Swadesh

बेल्जियम र इजिप्ट दोस्रो चरणमा

बेल्जियम र इजिप्ट दोस्रो चरणमा

बेल्जियम र इजिप्टले शनिबार विश्वकप २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ । समूह जी को शीर्ष दुई स्थानमा रहेर उनीहरू अन्तिम ३२ मा पुगेका हुन् । बेल्जियमले भ्यान्कुभरमा भएको खेलमा न्युजिल्यान्डलाई पराजित गर्‍यो र पाँच अंकमा शीर्ष स्थानमा रह्यो ।

इजिप्ट पनि पाँच अंकमै भए पनि गोल अन्तरमा दोस्रो स्थानमा रह्यो । इजिप्टले सियाटलमा भएको खेलमा इरानसँग नाटकीय १–१ को बराबरी खेलेको हो । इरान तीन अंकमा तेस्रो स्थानमा रह्यो र उसको अर्को चरण पुग्ने सम्भावना कायम रह्यो ।


न्युजिल्यान्ड भने एक अंकमा सीमित रह्यो र उसको प्रतियोगिताका चुनौती समाप्त भयो । बेल्जियमको प्रभावशाली जितमा लियान्ड्रो ट्रोसार्डले २८ र ५० औं मिनेटमा दुई गोल गरे । त्यस्तै केभिन डे ब्रुएनाले ६६, रोमेलु लुकाकुले ८६ र एलेक्स लेसमेकर्सले दोस्रो हाफको इन्ज्युरी पाँचौं मिनेटमा एक एक गोल थपे ।

न्युजिल्यान्डका लागि इलिज जस्टले ८४ औं मिनेटमा एक गोल गरे । इजिप्टले भने पाँचौं मिनेटमा मोहमुद साबेरले अग्रता लिएको थियो । रमिन रेजेनले इरानका लागि १४ औं मिनेटमा बराबरी गोल गरे । त्यस अगाडि मेहदी तारेमी पेनाल्टीमा गोल गर्न असफल रहे । यस्तै खेलको अन्त्यतिर सोजाए खालिजादेहको गोलले अफ साइडका कारण मान्यता पाएन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group L
1 England 2 4
2 Ghana 2 4
3 Croatia 2 3
4 Panama 2 0
सबै समूह →