भिल्लासँग युनाइटेडको आठ गोलको थ्रिलर

म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले आइतबार इंग्लिस प्रिमियर लिगमा आठ गोलको थ्रिलर बराबरी खेलेको छ । ओल्ड ट्राफोर्डमा ४–४ को बराबरी नतिजाका लागि युनाइटेड दुई पल्ट दुई गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो ।
दुई पल्ट दुई गोलले पछाडि रहेको स्थितिबाट एक एक गोल गरे । यो नतिजाले कम्तीमा अहिलेका लागि प्रशिक्षक माइकल क्यारेकको जागिरी जोगिएको छ । तर अबको दुई साताको अन्तर्राष्ट्रिय विश्राम रहेको छ र त्यसबीचमा युनाइटेड रेलिगेसन क्षेत्रमै रहनेछ ।
युनाइटेडको आठ अंक भएको छ र १८ औं स्थानमा छ । भिल्ला भने १३ अंकमा दसौं स्थानमा छ । यसअघि आइतबारका अन्य खेलमा ब्राइटनले ब्रेन्टफोर्डलाई २–०, लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१, बर्नमाउथले इपस्विच टाउनलाई २–१ र सन्डरल्यान्डले चेल्सीलाई १–० ले हरायो ।
ब्राइटन २२ अंका दोस्रो स्थानमा उक्लेको छ भने लिरभपुल १८ अंकमा चौथो स्थानमा पुगेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |