← समाचारमा फर्कनुस्
Football Nov 08, 2026 · Swadesh

रियलको जितले उपाधि होड रोमाञ्चक

रियलको जितले उपाधि होड रोमाञ्चक

रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ र यससँगै लिग उपाधि होड रोमाञ्चभ एको छ । रियलले लिग तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी पनि गरेको छ ।

बार्सिलोना र रियल दुवैको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड भने २९ अंकमा रहेको छ । आफ्ना दुवै प्रतिद्वन्द्वी भन्दा रियलले एक खेल बढी खेलेको छ । यसपल्ट उपाधि होडमा त्रिकोणात्मक हुने सम्भावना बढेको छ । जोसे मोउरिन्होको रियल सबै प्रतियोगितामा गरेर लगातार आठौं खेलमा विजयी रहेको हो ।

त्यसमा फेडरिको भाल्भारेड र आर्ड गुलरले पहिलो हाफमा गोल गरे । त्यसपछि किलियन एमबापेले दोस्रो हाफमा अर्को गोल थपे । अन्य खेलमा रेसिङ सान्टेन्डरले मालागालाई २–१ ले हरायो भने इस्पनयोल र डेपोर्टिभो लाकुरुनाले गोलरहित बराबरी खेले । यस्तै ओसासुना र एथलेटिको बिलबाओबीचको खेल पनि १–१ को बराबरीमा समाप्त भयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →