← समाचारमा फर्कनुस्
Football Nov 07, 2026 · Swadesh

बारीको लयमा एभरटन विजय

बारीको लयमा एभरटन विजय

थिएर्नो बारीको दुई गोलको मदतले एभरटनले शुक्रबार कभेन्ट्रीलाई ३–१ ले हराएको छ र अंक तालिकाको पाँचौं स्थानमा चढ्न सफल भएको छ । उत्कृष्ट लयमा रहेका बारीले दोस्रो हाफमा दुई गोल गरे ।

यसअघि यान जीबोहको गोलले कभेन्ट्रीले अग्रता लिए पनि त्यो टिक्न सकेन् । यो सिजन बारीले गरेको गोल संख्या १० पुगिसकेको छ । भिल्लारियलबाट एभरटन आएका उनले सबै प्रतियोगितामा गरेर पछिल्ला सात खेलमा छ गोल गरिसकेका छन् ।

किरनन डेवसबरी हसले एभरटनका लागि तेस्रो गोल थपे । यो जितपछि एभरटनको १० खेलबाट १६ अंक भएको छ र अर्को सिजन युरोपमा खेल्ने सपना बुन्न सक्छ । कभेन्ट्री भने नौ अंकमा १६ औं स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →