← समाचारमा फर्कनुस्
Football Nov 09, 2026 · Swadesh

एटलेटिकोमाथि बार्सिलोनाको जित

एटलेटिकोमाथि बार्सिलोनाको जित

फेरमिन लोपेजले प्रत्येक हाफमा गरेको एक एक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई २–१ ले हराएको छ र यो नतिजापछि क्याटलान क्लबले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ ।

यो जितपछि बार्सिलोनाको १२ खेलबाट ३३ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ३० अंकमा दोस्रो स्थानमा छ । एटलेटिको भने २८ अंकमा सीमित रहेर तेस्रो रह्यो । लिग तालिकामा रियल बेटिस २६ र रियल सोसिडाड २२ अंकमा शीर्ष पाँच भित्र छन् ।

आइतबारका अन्य खेलमा बेटिसले एल्चेलाई २–० र सोसिडाड रायो भालेकानोलाई १–० ले हराएको हो । यता एटलेटिकोलाई जुलियानो सिमोनीले अग्रता दिलाएयता लोपेजले ४५ र ६६ औं मिनेटमा गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →