← समाचारमा फर्कनुस्
इन्टर दोस्रो स्थानमा फर्कियो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले कोमोलाई २-० गोलले पराजित गरेको छ। सान सिरोमा भएको यस खेलमा इन्टरले पहिलो २० मिनेटभित्रै दुई गोल गर्दै जित पक्का गरेको थियो।
खेलको १२औं मिनेटमा ड्येड स्पेन्सको पासमा पियो एस्पोसिटोले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । सात मिनेटपछि, १९औं मिनेटमा मार्कस थुरामले गोल गर्दै अग्रता दोब्बर पारे । जिएलिन्स्कीको क्रस कोमोको डिफेन्सबाट हटाइएपछि थुरामले दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफमा कोमोले बल नियन्त्रणमा अग्रता लिए पनि खास अवसर सिर्जना गर्न सकेन। खेलको अन्तिम समयमा निको पाजले गरेको प्रहार पोस्टमा लाग्दा कोमोले गोल गर्नबाट वञ्चित भयो ।
यस जितपछि इन्टरले २८ अंक जोड्दै दोस्रो स्थानमा फर्किएको छ र शीर्ष स्थानको लाजियोभन्दा एक अंकमात्र पछि छ । कोमो २३ अंकसहित पाँचौं स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |