← समाचारमा फर्कनुस्
Cricket Jun 30, 2024 · Swadesh

टी–२० आईबाट रोहित र विराटले लिए सन्यास

टी–२० आईबाट रोहित र विराटले लिए सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । 

शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान रोहित र विराटले सन्यासको घोषणा गरेका हुन्। 

कप्तान रोहित शर्माले खेलपछि आफ्नो सन्यासको बारेमा केही भनेनन् । तर, खेलपछि पत्रकार सम्मेलनमा रोहितले सन्यासको घोषणा गरेका थिए। 

विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भएको बताए । अर्थात् अब उनले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिनेछन् । तर, रोहित र विराट दुवैले एकदिवसीय र टेस्टमा भारतका लागि खेल्ने छन् ।

पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी–२० अन्तर्राष्ट्रिय पनि थियो । यो ढाँचालाई अलविदा भन्नको लागि यो राम्रो समय हो । यो मैले चाहेको थियो, मलाई कप चाहिएको थियो र मैले यो पाएँ । यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए ।  

रोहित शर्मा हाल सबै टी २० विश्वकप खेल्ने एकमात्र भारतीय खेलाडी हुन् । उनी २००७ को टी–२० विश्वकपको टोलीमा थिए । त्यसपछि अब २०२४ मा उनको कप्तानीमा टोलीले यो प्रतियोगिता जितेको हो ।

रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन् । यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ । रोहितले टी–२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →