← समाचारमा फर्कनुस्
Football Jan 18, 2026 · Swadesh

भिल्लारियललाई बेटिसको धक्का

भिल्लारियललाई बेटिसको धक्का

स्पेनी ला लिगामा शनिबार रियल बेटिसले भिल्लारियललाई २–० ले पराजित गरेको छ । यो तेस्रो स्थानमा रहेको भिल्लारियललाई धक्काका रूपमा रहेको छ । यो नतिजापछि भिल्लारियल ४१ अंकमा तेस्रो स्थानमा रह्यो ।


बेटिसका लागि एइटोर रुबल र पाब्लो फोर्नाल्सले दोस्रो हाफमा एक एक गोल गरे । जितले बेटिसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना अझ बलियो भएको छ । बेटिस ३२ अंकमा छैटौं स्थानमा छ ।


शनिबारका अन्य खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हरायो । यस्तै रियल मार्लोकाले एथलेटिको बिलबाओ तथा ओसासुनाले रियल ओभिएडोलाई समान ३–२ को स्कोरले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →