← समाचारमा फर्कनुस्
तेस्रोमा भिल्ला रियल अझ बलियो

भिल्लारियलले शनिबार स्पेनी ला लिगामा एलाभेसलाई सजिलै ३–१ ले पराजित गर्दै तेस्रो स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । खेलका चारै गोल दोस्रो हाफमा भएका थिए र भिल्लारियल जितका लागि हकदार थियो ।
त्यस जितपछि भिल्लारियलको १८ खेलबाट ४१ अंक भएको छ र यो एक खेल बढी खेलेर चौथोमा एटलेटिको म्याड्रिडमाथि तीन अंकको अग्रता हो । रियल म्याड्रिड भने १९ खेलबाट ४५ अंकमा दोस्रोमा छ ।
यस्तै बार्सिलोना १९ खेलबाट ४९ अंकमा शीर्ष स्थानमा रहेको छ । शनिबारका अन्य खेलमा जिरोनाले ओसासुनालाई १–० ले हरायो भने रियल ओभिएडो र रियल बेटिसले १–१ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women